Skip to main content

Khabar Samachar

Search
Close this search box.

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल एयरलाइन्सका चालक दललाई उडानमा रोक

210
VIEWS

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालक दलका सदस्यहरुलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ।

गत साउन १२ गते (२८ जुलाई, २०२२) मा मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंको उडानमा चालक दलका सदस्य (पाइलट र काेपाइलट)ले विमान परिचारिकामाथि गैर-व्यवसायिक कार्य तथा दुर्व्यवहार गरेको प्राधिकरणले जनाएको छ।

विमान परिचारिकाले उजुरी गरेपछि प्राधिकरणले आवश्यक कारबाही गर्न हालका लागि पाइलट र कोपाइलटलाई उडानमा रोक लगाएकाे हाे।

निगमको उडान संख्या आरए-४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि गैर-व्यावसायिक तथा दुर्व्यवहार गरेको ठहर गर्दै प्राधिकरणले कारबाही सिफारिस गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित