Skip to main content

Khabar Samachar

Search
Close this search box.

पत्रकार कुटेको आरोप लागेका जिल्ला संयोजकलाई रास्वपाले गर्‍यो निलम्बन

217
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ जिल्लाका पार्टी संयोजक नगेन्द्र खड्कालाई पदबाट निलम्बन गरेको छ । जिल्लाका एक सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि अनुशासन समितिको सिफारिसमा महामन्त्री डा. मुकुल ढकालले निलम्बन गरेका हुन् ।

खड्काले बझाङको सामुदायिक रेडियाे खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लगाइएको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो ।

खड्का दोषी देखिएपछि आजै बसेको अनुशासन समितिको बैठकले पार्टीलाई निलम्बन सिफारिस गरेको हो । महामन्त्री ढकालले घटनाको थप छानबिन गरिने बताए ।
‘अहिले अनुसन्धान सहज होस् भनेर निलम्बन गरिएको हो । पूर्ण छानबिनबाट दोषी देखिएको खण्डमा पार्टीको केन्द्रीय कमिटी बैठकले कारबाहीको निर्णय लिनेछ’, उनले नेपाल प्रेससँग भने ।

खड्का कांग्रेस पृष्ठभूमिका हुन् । उनी केहीअघि कांग्रेसबाट विवेकशील पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलबाट रास्वपा आएर उनले जिल्ला संयोजकको भूमिका निभाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित