Khabar Samachar

Search
Close this search box.

परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रस्तुति

208
VIEWS

परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रस्तुति दिएको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन्।

राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे अवगत गराएका थिए।

त्यस्तै परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सचिव राईले सूक्ष्म ढङ्गले जानकारी गराएको दाहालले बताइन्।

नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूमा ध्यान दिन उनले आग्रह गरेका थिए।

साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत सचिव राईले प्रस्तुति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित