Skip to main content

Khabar Samachar

Search
Close this search box.

भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

202
VIEWS

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै  एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिए । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।भोजपुरका प्रहरी प्रमुख डीएसपी सरोज घिमिरेले बम विस्फोटपछि त्यसक्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित