Skip to main content

Khabar Samachar

Search
Close this search box.

सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा नेताहरु बैठकमा

205
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी सहभागी छन् ।

आइतबार नै राप्रपा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले बालकोटमा नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले भने बालकोट बैठकमा नबसी पार्टीको बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित