प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ।
सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडीलगायत प्रहरीका दुई भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मतबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो। सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।
प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका थिए । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जनाएका छन् । डिएसपी बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ ।
Discussion about this post