Khabar Samachar

Search
Close this search box.

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा छात्रबृत्ति प्रदान

208
VIEWS

लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उहांको स्मृतिमा उक्त छात्रबृत्ति प्रदान गरेको हो । उक्त कार्यक्रममा १ घण्टासम्म स्व. राणाको जीवनी, उहांले देशलाई पु¥याउनु भएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उहांको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गर्नुभयो ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष श्री मनोहर दास मुल, सञ्चालक श्री विश्वराज रेग्मी, पूर्व सञ्चालक श्री शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत श्री एन.पि. प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित