सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन् ।
सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ । यसको अर्थ यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छन् ।
Discussion about this post