Khabar Samachar

अस्ट्रेलियामा विद्यार्थीले हप्तामा २४ घन्टा काम गर्न पाउने

208
VIEWS

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले आगामी जुलाई १ तारिखदेखि हप्तामा २४ घन्टा काम गर्न पाउने भएका छन्।

अस्ट्रेलियाको शिक्षा विभागले यसै हप्ता जारी गरेको सूचना अनुसार, यसअघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको हो।

हाल कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरूले काम गर्ने समयसीमा हटाइएको थियो। यसअघि भने विद्यार्थीले दुई हप्ताको ४० घण्टा काम गर्न पाउने नियम रहेको थियो।

यसै वर्षको आगामी जुलाई १ देखि यो नियम पहिलेकै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ।

पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समयसीमा लागू हुने शिक्षा विभागले जनाएको छ। जुन हप्ताको २४ घन्टा हुनेछ।

सरकारको नयाँ नीतिले समयमा सीमा तोकिँदा विद्यार्थीहरूलाई पुन: आर्थिक भार पर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित