उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतले कलंकी-चक्रपथ सडकखण्ड निरीक्षण गरेका छन्।
यो सडकखण्ड केही समयदेखि विस्तारको काम सुरू गरे पनि केही ठाउँमा काम अघि बढ्न सकिरहेको छैन। घरटहरा र बिजुलीका पोललगायत नहटाउँदा सडक विस्तार हुन सकेको छैन।
यो सडकखण्ड विस्तार कार्य छिटो गर्न मन्त्री श्रेष्ठसहितले पहल गरेका हुन्।
श्रेष्ठको पहलमा नेपालका काठमाडौंका मेयर शाह, चीनका राजदूत छन सोङ, भौतिक मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले सडकखण्ड निरीक्षण गरेको श्रेष्ठको सचिवालयले जनाएको छ।बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु सार्ने तर स्वयम्भूका संरचनाहरु भने नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको मन्त्री श्रेष्ठले जानकारी दिए । ‘बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको (स्वयम्भूको) डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ,’ मन्त्री श्रेष्ठले भने ।
Discussion about this post