नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालक दलका सदस्यहरुलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ।
गत साउन १२ गते (२८ जुलाई, २०२२) मा मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंको उडानमा चालक दलका सदस्य (पाइलट र काेपाइलट)ले विमान परिचारिकामाथि गैर-व्यवसायिक कार्य तथा दुर्व्यवहार गरेको प्राधिकरणले जनाएको छ।
विमान परिचारिकाले उजुरी गरेपछि प्राधिकरणले आवश्यक कारबाही गर्न हालका लागि पाइलट र कोपाइलटलाई उडानमा रोक लगाएकाे हाे।
निगमको उडान संख्या आरए-४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि गैर-व्यावसायिक तथा दुर्व्यवहार गरेको ठहर गर्दै प्राधिकरणले कारबाही सिफारिस गरेको हो।
Discussion about this post