Khabar Samachar

आजबाट राष्ट्रपति निर्वाचन आचारसंहिता लागु

203
VIEWS

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ।

निर्वाचन आयोगका अनुसार बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता कायम रहनेछ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।’आगामी पागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
२) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
३) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
४) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
५) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
६) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
७) उम्मेदवार तथा उमेदवारको प्रतिनिधि,
८) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,
९) सार्वजनिक पद धारण गरेको व्यक्ति,
१०) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
११) मतदाता

सरकारले पनि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैन। यस्तै कुनै पनि आयोजनाको शिलान्यास तथा उद्घाटन वा सर्भेलगायत गर्न रोक लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित