Khabar Samachar

यही गठबन्धनबाट एक वर्ष माधव नेपाल प्रधानमन्त्री, त्यसपछि देउवा – डा. शशांक कोइराला

205
VIEWS

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् ।

आठ दलीय गठबन्धनले संघीय सांसदहरुलाई बिहीबार काठमाडौंमा राखेको प्रशिक्षणका क्रममा कोइरालाले यस्तो बताएका हुन्।

‘यो गठबन्धन पछिसम्म हुन्छ भन्ने मलाई विश्वास छ। अहिले हामीले कसरी भोट गर्छौँ भनेर प्रशिक्षणका लागि सांसद जम्मा गरेका हौँ’, उनले भने, ‘नयाँ मान्छेहरुलाई पनि प्रशिक्षण कार्यक्रम चाहिन्छ। भोट क्रस हुने सम्भावना पनि छ। ह्विवप पनि लाग्दैन तर मलाई मलाई भोट क्रस होला जस्तो लाग्दैन।’

उनले मन्त्रिपरिषद् राष्ट्रपति निर्वाचनपछि विस्तार हुने बताए। ‘मन्त्रिपरिषद् विस्तार हुन्छ तर म आफैँ सरकारमा जाने कुरा भन्न सकिँदैन’, उनले भने, ‘२५ गतेपछि देशमा अर्कै गठबन्धन बन्छ भन्ने होइन। शेरबहादुरजीले यही सरकार टिकाउनु हुन्छ।’

उनले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाडेपछि माधव नेपाल प्रधानमन्त्री हुने बताए। २५ गतेपछि अर्को गठबन्धन बनेर प्रधानमन्त्री देउवा बन्नुहुन्छ भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘शेरबहादुरजीले यही सरकार टिकाउनु हुन्छ । हामी सरकारमा जान्छौँ । त्यसपछि बीचमा माधव नेपाल पनि एक वर्षका लागि प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि अन्तिममा चुनावी सरकारको नेतृत्व देउवाले गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित