Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त

208
VIEWS

सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो । यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाले आर्थिक अनियमितताको आरोप भनेपनि महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई सैनिक मुख्यालय हाजिर हुने दिएको लिखित निर्देशनमा उनीहरु सैनिक विद्रोहमा संलग्न रहेको उल्लेख छ ।

‘शाह र तिमसिनालाई सामान्य कारबाही भन्ने छ। तर के हो भन्ने बुझ्न बाँकी छ’, प्रवक्ता भण्डारीले भने। यसअघि अवकाशमा जानुभन्दा दुई साताअघि विदामा बसेका उपरथी शाही आफ्नो सेवा अवधि अझै एक वर्ष बाँकी रहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित