गएको साता दिपक दीपाको ‘छक्का पञ्जा–४’ रिलिज भयो । आम दर्शकहरुले सधैं मनपराउने प्यारा कलाकार ले भने यो पटक खासै मन जित्न सक्ने फिल्म बनाउन सकेनन । संयुक्त रुपमा फिल्म बनाइरहेका दीपक–दीपाको सातौं फिल्म हो यो। तर, ‘छ एक्कान छ’ देखि ‘छक्का पञ्जा ४’ सम्म आइपुग्दा गल्तीहरू दोहोरिएका छन्। दोहोरिएका मात्र छैनन्, थपिएका छन्। हरेक फिल्म मा नयाँ मुद्दामा फिल्म बनाउने यो जोडीले यो पटक पनि सामाजिक समस्यामा फिल्म बनाउने जोडी यो पटक पटक चुकेको छ । भाषा, बोलाई, खवाइ ले फिल्म चल्नु मा धेरै फरक पार्ने कुरामा पनि अबका दिनमा ध्यान दिन जरुरी छ । हास्य कलाकारको अनुहारले मात्रा फिल्म चल्दैन ।
अगिल्ला फिल्ममा भन्दा काम तर नयाँ कलाकारको को अभिनय रहेको यो फिल्मामा पुराना कलाकारको अभाब रहेको देखिन्छ । प्रतिनिधिसभा सदस्य निर्भय सिंह (नीर शाह)का छोरा हुन्, दिग्विजय सिंह (दीपकराज गिरी) उर्फ राजा । गुन्डा नाइके १ मिटर व्याजीका रुपले परिचित उनी टोले गुन्डासहित लफडा गर्नमा माहिर । एकीकृत निष्पक्ष दलबाट निर्वाचनमा होमिनै लाग्दा निर्भय बिमार पर्छन् । बोल्न नसक्ने, शरीर नचल्ने रोग लागेपछि निर्भयले नै निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवार चुन्नुपर्ने हुन्छ । पार्टीकै अर्का नेता नरोत्तम (रमेश बुढाथोकी) आशावादी हुन्छन् । तर, निर्भयले छोरालाई रोज्छ । त्यसपछि झैझगडा र मारपिटमा कुख्यात दिग्विजयले भागलपुरबाट चुनाव लड्ने तयारी थाल्छ । दिग्विजयले राजनीतिमा आफ्नो स्थान बनाउला त रु खराब छविले ल्याउने समस्याबीच समाधानको बाटो कस्तो पहिल्याउलान् रु (छक्का पञ्जा ४) को कथा यही सेरोफेरोमा घुम्छ ।
राजनीति र कर्मचारीतन्त्रलाई व्यंग्य गर्न खोज्नु यो फिल्मको सकारात्मक पाटो हो । राजनीतिमा हुने गुन्डागर्दी, योग्यलाई भन्दा आफ्नालाई टिकट, युवा र पुराना नेतृत्वबीचको लडाइँ, राजनीतिक खिचातानीलगायत विषयलाई फिल्मले छोएको छ । त्यस्तै सरकारी कर्मचारीले गर्ने ढिलासुस्ती र त्यसमा सत्ता र शक्तिमा भएकाले निभाउन सक्ने भूमिकामाथि पनि व्यंग्य गरेको छ । कर्मचारीतन्त्रको समस्या देखाउन खोज्दाखोज्दै पनि निर्देशकले नेताको अराजक प्रवृत्तिलाई प्रशय दिएको प्रतित हुन्छ । काम गराउनकै लागि जबर्जस्ती कर्मचारीहरु लाई कार्यालयमा हातपात गर्ने कुराले समाजमा नकरात्मक असर देखाउछ साथ पब्लिक पुलमा आम पब्लिकले ठीक गर्यो भनेर देखाउनु , कर्मचारी लाई नै हातपात गरेको भरमा लोकप्रिय भएको देखाउनु एक कमजोरी मध्य एक हो ।
सामाजिक सन्जालको सदुपयोग दुरुपयोग का बारेमा फिल्ममा देखाउन खोजिएको छ । युट्युबकारिता, साइबरसेना, विवाहेत्तर सम्बन्धलगायत थुप्रै विषयलाई समेट्न खोज्दा छक्का पञ्जा ४, उठाउन खोजेको मूल मुद्दाको गहिराइमा भने पुग्दैन । उनीहरु बिचको अनैतिक सम्बन्ध र पैसाको लोभमा आफूविरुद्ध बोल्दै हिँड्ने युट्युबर एलिसा (बेनिशा हमाल) सजिलै उनको पक्षमा उभिन्छिन् । मन्त्री बन्ने प्रकृयामा पनि ठूलो संघर्ष गर्नुपर्दैन । प्रमुख पात्रले यसरी सजिलै सबै कुरा सामना गर्दा फिल्मको कथाले खासै दर्शकलाई बाँधेर राख्न सक्दैन । दर्शकमा अब के होला भन्ने हुटहुटी पनि हुँदैन ।
तुलनात्मक रुपमा अघिल्लाभन्दा दुई अर्थी शब्दको प्रयोग कम छ । तर पटक साला शब्दको प्रयोग, स्त्रीद्वेशी संवादलाई भने दर्शक हसाउनकै लागि प्रयोग गरिएको छ । आइटम, सहकारी संस्था कतिखेर छोडेर भाग्ला थाहा नहुने, परराष्ट्र मन्त्रालयसँग महिलालाई दाँजिएको छ । फिल्मको सबैभन्दा कमजोर पक्ष नै परम्परागत महिला चरित्रचित्रण हो । “क्रेजी काठमाडौ “ युट्युब च्यानलकी युट्युबर (एलिसा)बेनिशा लाई पैसाका लागि सत्यको बाटो छोडेर गलत व्यक्तिसँग उभिन तयार महिलाको रुपमा चित्रण गरिएको छ । त्यस्तै, फिल्ममा अभिनेत्री दीपाश्री निरौला पनि दिग्विजयको सतिसावित्री पत्नीको रुपमा देखिएकी छन् ।
एउटै दृश्यमा डीआईजी सुरेन्द्र राई (शिशिर वाङदेल) लाई शक्तिशाली देखाइन्छ, तर छोरीका बावुका रुपमा कमजोर देखाएको छ् । प्रहरी र गुन्डाहरु बिच कुनै आमने सामने कथा बस्तुले छोएको छैन ।
लामो समय पछी ठुलो पर्दा र राम्रो ब्यानर मार्फत फिल्मा फर्केका राज आचार्य दिग्विजयका छोरा हरेकृष्ण (राज आचार्य) को सबै भन्दा कमजोर भूमिका र नरामो प्ले ब्योए को भुमिका ले उनले भबिश्यमा नायक को रुपमा नयाँ फिल्म पाउन गार्हो छ । साथै उनको फिल्ममा भएको प्रस्तुत शैली बाल कलाकार जत्तिकै रहेको छ ।
त्यसबाहेक उनको चरित्रले मूल मुद्दामा खासै टेवा पुर्याउँदैन । त्यस्तै, यसपटक फिल्ममा राजासँगको साथीहरुको दोस्ती पनि बलियो देखाइएको छैन । पहिलो हाफसम्ममा साथी संजेल(माग्ने बुढा) र बुद्धि राजालाई सहयोग गर्न आइपुग्छन् । चुनाव जिताउन द्विग्विजयलाई बालसखा बुद्धि (बुद्धि तामाङ) र सञ्जेल (केदार घिमिरे)लाई ठूलो महत्वका साथ देखाइएको छ। चुनावको क्रममा सरकारी स्कूलभन्दा बोर्डिङ राम्रो हो भन्ने निर्देशकले स्थापित गर्न खोजेका छन्। तर, दोस्रो हाफपछि बुद्धि खासै देखिँदैनन् । गाउँका शिक्षक संजेललाई भागलपुर नै बिर्सेर सहरमा राजालाई सहयोग गरिरहेको देखाउनु विश्वनीय लाग्दैन । पहिला शिक्षा सँग राजनीति जोद्नु हुँदैन भनेर वकालत गर्ने ब्यक्तिलाई खराब राजनिति ब्यक्तिको पद प्रदशक र प्रमुख सल्लाहकारको रुपमा देखाइएको छ । राजनिती लाई मुल एजेन्ड बनाएको फिल्मले निर्बचनका बेला कुनै चुनाबी एजेन्दा बनाएको देखिदैन ।
त्यसमाथि चुनाव लड्दा पुल बनाइदिने आश्वासन पछी देखिदैन ,पुल बन्यो को बनेन देखाईदइन । पर्दामा देखएको बिषय को अन्त भएको देखिदैन ।
गीत संगीतमा दिपक दिपा भाग्यमानी नै छन । उनिहरुको फिल्म सफल हुनुको प्रमुख पातो पनि गित नै हो दर्शन सलाम र सिरुपाते जुगा को अग्रिम लोकप्रियाताले फिल्म चल्नुमा धेरै फाईदा पुराएको छ । गीतका कति दृश्य फोकसमा चिप्लिएको छ । स्वस्तिमा खडकाको नाचले गीतलाई कुनै फाईदै छैन , गित पहिल्यै लोकप्रिय थियो ।
Discussion about this post