Khabar Samachar

Search
Close this search box.

पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बिगाे तथा जरिवाना

205
VIEWS

विशेष अदालतले भृकृडीमण्डपको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचारमा प्रमुख दोषी ठहर भएका पूर्व समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद सजाय तोकेको छ।

बिहीबार भएको फैसलाले उनलाई कैदसँगै २ करोड रुपैयाँ बिगो र ४३ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ। विशेष अदालतले फागुन  १६ गते उनलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलासले यस्तो सजाय ठहर गरेको हो। समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र  गुरुङसहितलाई मुद्दा दायर गरेको थियो।

विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो। न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका थिए। न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो।

अख्तियारले अनुसन्धान गरी २०७५ माघ २१ गते ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित