Khabar Samachar

Search
Close this search box.

‘छड्के २’ मा म चुक्न पुगेँ ,दर्शकको घाउमा मल्हम लगाउनेछु – अभिनेता अनमोल केसी

222
VIEWS

अभिनेता अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्म ‘छड्के २’ ले दर्शकलाई निराश बनाएको भन्दै उनले सामाजिक संजाल मार्फत माफी मागेका हुन् । दर्शकका कारण आफु अहिलेको अवस्थामा आइपुगेको बताएका उनले आफ्नो कारणले दर्शक निराश हुँदा झनै दुःखी भएको बताएका हुन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति दिएका हुन्।

‘मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाई निराश बनाउँदा म झनै दुखी भएको छु। यो मेरो नवौं फिल्म थियो। नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्याे। यहाँ आएर म चुक्न पुगेँ,’ उनले लेखेका छन्।

उनले आफू अन्य फिल्ममा राम्रो काम गर्ने बताउँदै लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ। घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ। म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु। दुखेको घाउहरूमा मल्हम लगाउने छु।’

याे फिल्म रिलिजकाे ६ दिनमै मल्टिप्लेक्स हलबाट उत्रिएको थियाे। करिब ३ कराेड लगानीमा बनेकाे फिल्मले ३० लाख रूपैयाँ कमाएकाे छ।

अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन्। उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्। अनमोलकै कारण यो फिल्म चल्ने फिल्मकर्मीको आशा थियो।

यसअघि दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ सँग आउँदा पनि अनमोलको फिल्म ‘ए मेरो हजुर ४’ राम्रो व्यापार गरेको थियो। फिल्मले दुई दिनमा डेढ करोड बढी कमाइ गरेको थियो।

अनमोलले आफ्नो दशौं फिल्म आफ्ना लागि पहिलो हुने समेत वाचा गरेका छन् । अनमोलले आफ्नो फिल्म ‘छड्के २’ सँग रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’ को टिमलाई समेत बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित