Khabar Samachar

Search
Close this search box.

सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन

205
VIEWS

नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ।

सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका हुन्।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए।

गिरी पूर्वस्वास्थ्यमन्त्री हुन् बर्तौला भने पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन्। उनले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित