Khabar Samachar

उपराष्ट्रपति पुनले छाडे सरकारी निवास

202
VIEWS

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्।

उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। शुक्रवार उपराष्ट्रपतिको चुनाव छ । चुनावपछि नयाँ उपराष्ट्रपति आउने भएपछि पुनले निवास छाडेका हुन् । नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुनले निवास छाडेको उनले बताए । नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म पुनले निजी निवासबाटै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित