Khabar Samachar

बागमती सरकारले क्रिकेट टोलीलाई जनही १ लाख दिने

203
VIEWS

बागमती प्रदेश सरकारले क्रिकेट विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई जनहि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप जनही १/१ लाख रुपैयाँ रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

उत्कृष्ट खेल प्रस्तुत गर्दै क्रिकेट खेलाडीले देशको शिर उच्च बनाएकाले प्रदेश सरकारले सम्मान स्वरुप खेलाडीलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।

बिहीबार आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित