Skip to main content

Khabar Samachar

Search
Close this search box.

कीर्तिपुर स्टेडियममा तत्काल फल्ड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न निर्देशन

202
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर स्टेडियममा तत्काल फल्ड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन्।

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई बधाई दिन बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले खेलाडीहरुलाई सम्बोधन गर्दै कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको जानकारी दिए।

‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु’, उनले भने।

बिहीबार बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो। खेलमा नेपालले ६ विकेट गुमाएर २६९ रन बनाएको अवस्थामा अम्पायरले खराब प्रकाशका कारण डीएल मेथोडबाट निर्णय लिएका थिए।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय खेल हुने त्रिवि क्रिकेट मैदानमा आधुनिक पूर्वाधार केही पनि छैनन्। दर्शहरुले चौरमा बसेर खेल हेर्नुपर्छ।

फ्लड लाइट अभावमा दिवाकालीन खेल मात्रै यहाँ हुने गर्छ। अर्कातिर खेलको अपडेट दिनका लागि आधुनिक डिजिटल बोर्ड पनि राखिएको छैन।

दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित