Khabar Samachar

संसद्‌ बैठकमा पेश हुँदै सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक

202
VIEWS

 

प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने तयारी गरिएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् । त्यसैगरी उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्ने  सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले पेस गर्न लागेको यो विधेयकको विरोधमा ज्ञानबहादुर शाहीले सेस गरेको सूचनालाई पनि निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित