Khabar Samachar

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

202
VIEWS

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।’

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हटेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदीय दल बैठकलाई निर्देश गर्ने निर्णय भएको छ,’ शर्माले भने, ‘सरकारमा पनि सहभागी हुने निर्णय भएको छ।’

कांग्रेसले संविधान रक्षा, स्थिरता, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने, विकास निर्माण र समृद्धिलाई केन्द्रमा राखेर प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

साथै सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने निर्णयसमेत भएको छ। ‘योग्यता, योगदान, प्रादेशिक सन्तुलन तथा समावेशीतालाई ख्याल गर्दै मन्त्रीहरू पठाउने निर्णय भएको छ,’ उनले भने। कुन-कुन मन्त्रालय लिने र ती मन्त्रालयमा क-कसलाई पठाउने भन्नेबारे १० दलीय गठबन्धन र पार्टीभित्र आन्तरिक छलफल गर्ने तयारीमा कांग्रेस छ।

केहीबेरमा संसदीय दल बैठकमा दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय सुनाउनेछन्।

प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।

प्रवक्ता प्रकाशशरण महतले बैठकले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा बधाई दिने निर्णयसमेत गरेको छ।

साथै क्रिकेटमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा प्रवेश गरेकोमा नेपाली खेलाडीलाई बधाईसमेत कांग्रेसले दिएको छ।

कांग्रेसले गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि प्रमुख प्रतिपक्षमा बस्दै आएको थियो। सरकारमा जाने निर्णय गरेसँगै आजदेखि कांग्रेस सत्तापक्ष बेन्चमा बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित