ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल चालक धुनिबेशी नगरपालिका-७का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन्।
उनको बिएन्डबी अस्पतालमा उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ। उनी उक्त नगरपालिकामा कार्यरत कर्मचारी हुन्।
प्रहरीका अनुसार उनको अवस्था मध्यम छ। दाहिने घुँडा र टाउकोमा चोट लागेको छ।
Discussion about this post