Khabar Samachar

Search
Close this search box.

एकै दिन १७ जनामा देखियो कोरोना भाइरसको संक्रमण

220
VIEWS

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ। लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ। चैत ७ र चैत ८ गते भने शून्य संक्रमित थिए। चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो।

सक्रिय संक्रमित पनि बढेको पाइएको छ। आज ३० जना सक्रिय संक्रमित छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए।

‘भारतमा संक्रमण बढिरहेको छ। भारतबाट संक्रमित नेपाल आइरहेका छन्,’ उनले भने, ‘हिजो मात्र सीमानाकाबाट सात जना संक्रमित नेपाल आएका छन्।’

खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको उनले बताए। जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन पनि उनले आग्रह गरे।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित