Khabar Samachar

Search
Close this search box.

भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज

222
VIEWS

भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ ।

चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

हुन अयोग्य रहेको घोषणा गरेको हो।

गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।

यसअघि बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।

एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित