प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।
गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरसँगै उनी आईजीपीको प्रमुख दाबेदार बनेका थिए। सरकारले गतसाता पहिलो नम्बरमा नै एआईजीमा पनि बढुवा गरेको थियो।
शनिबारदेखि प्रहरी नेतृत्व सम्हाल्ने कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन्।
संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले ३० वर्षे हटे आईजीपीको कार्यकाल लम्बिने छ।
आईजीपीका लागि कुँवरसँगै एआईजीभएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाबेदार थिए।
Discussion about this post