Khabar Samachar

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा

204
VIEWS

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो।

एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका छन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्।हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्। सिंह गत बैशाखको तेस्रो साता आईजीपी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित