Khabar Samachar

Search
Close this search box.

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहद्वारा मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता

213
VIEWS

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्। विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने भने पनि पीडितले आश्वासन बाहेक केही नपाएको उनको भनाइ छ । सधैँ पीडितले काठमाडौँ आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकाले केही गर्न नसकेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । ११ दिन हिँडेर काठमाडौँ आएको समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्नका लागि आज बिहानै सम्पर्क गरेको उनको दाबी छ। तर, पीडितहरूले खुल्लामन्चमै बस्न खोजेको उनको भनाइ छ । उनले भनेका छन्, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौँ । उहाँहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार समक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित