Khabar Samachar

पूर्वनासु रघुनाथ घिमिरेविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा

215
VIEWS

पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा दुई करोडको भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र हो । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

घिमिरे तिनै व्यक्ति हुन्, जो गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयान अनधिकृत रुपमा प्रवेश गरेको आरोप लागेको थियो ।

घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी काम गरी राजश्वका विभिन्न कार्यालयबाट करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका सदस्यहरुको नाममा लुकाएको अभियोगसहित अख्तियारले मुद्दा चलाएको हो। उनले त्यो रकमले विभिन्न कम्पनीहरुमा लगानी, शेयर र जग्गा खरिद लगायतमा लगानी गरेर भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित