Khabar Samachar

बारा २ : उपेन्द्र यादव, पुरुषोत्तम पौडेल र रमेश खरेलको उम्मेदवारी दर्ता

202
VIEWS

 

आगामी वैशाख १० गते हुने निर्वाचनका लागि बारा २मा जसपा, नेकपा एमाले, रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टीका उम्मदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।

बारा २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, रास्वपाका रमेश खरेल, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुश्वाहा, नागरिक उन्मुक्तिबाट कमरुल्लाह मन्सुरले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा अध्यक्ष यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन्। जसपा अध्यक्ष यादवले उम्मेदवारी दर्तापछि आफूलाई जै जनताले निर्वाचित गराउने दावी गरे।

यता, रास्वपाका उम्मेदवार खरेलले उम्मेदवारी दर्तापछि नेपाली जनताको मर्म अनुसार आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिए।

उनले भने, ‘मधेशका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफै सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पूर्ण योग्यता लिएको हिसावले बारा–२ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु।’

नागरिक उन्मुक्ति पार्टीले गठबन्धनको निर्णय विपरित आफ्नो उम्मेदवार खडा गरेको छ। नागरिक उन्मुक्तिका उम्मेदवार अन्सारीको प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन्।

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेस, माओवादी, लोसपालगायतका दलहरुको समर्थन रहेको छ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा राप्रपाका सोनेलाल यादव तेलीलेले समेत उम्मेदवारी दर्ता गराएका छन्।

राप्रप्रा उम्मेदवार तेलीको सर्मथनमा हरिचन्द्र प्रसाद चौधरी र प्रस्तावकमा अजय राउत कहार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित