Khabar Samachar

Search
Close this search box.

सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा

224
VIEWS

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ।

उनीविरुद्धको मुद्दाको फैसला हुन लागेको हो। इजलासको चौधौँ नम्बरमा पेसी तोकिए पनि आजै सुनुवाइ हुने सम्भावना छ।

यसअघि यही चैत १३ गते पनि यो मुद्दा पेसीमा चढेको थियो। तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगन गर्न निवेदन दिएका थिए।

घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो। घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित