Khabar Samachar

सुनको तोलाको १ लाख ११ हजार रुपैयाँ

234
VIEWS

सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।

अघिल्लो दिनको मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित