Khabar Samachar

श्रम स्विकृतीका कारण चर्च ब्वाइजको प्रशिक्षक प्रदीप हुमागाईले पद त्यागे

247
VIEWS

नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइजको यो सिजन प्रशिक्षक रहदै आएका हुमागाईले श्रम स्विकृतीका कारण पद त्यागेको बताएका छन्।

‘केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिएँ, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृती (वर्क परमिट) लिनुपर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहान्छु,’ हुमागाईले सामाजिक सञ्जालमा लेखेका छन्।

जारी लिगमा छैटौं चरणको खेलमा चर्च ब्वाइजले मंगलबार न्युरोड टिम एनआरटीसँग २-० को अग्रता लिएर पनि बराबरी खेल्न बाध्य भएको थियो भने शीर्ष स्थानमा पुग्ने मौका गुमाएको थियो। लिगमा चर्च ब्वाइज १२ अ‌ंहसहित दोस्रो स्थानमा छ।

यसअघि श्रम स्विक‌ृतीबिना प्रशिक्षक बनेको भन्दै उनी आलोचित बनेका थिए।

अखिल नेपाल फुटबल (एन्फा) ले गत असोजमा नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेलका लागि उनलाई नेपालको प्रशिक्षकको जिम्मा दिएको थियो।

अमेरिकामा बस्दै आएका रहेका हुमागाई एक दशकअघि थ्रीस्टार क्लबको प्रशिक्षक थिए। त्यतिबेला उनले थ्रीस्टारलाई ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए।

२०७७ को अन्त्यमा उनी नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीका प्रशिक्षक बनेका थिए। तर लगातार चार खेलमा जितबिहीन बनेपछि ललितपुरले उनलाई बर्खास्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित