Khabar Samachar

Search
Close this search box.

नेपाली सेनाको साइवर स्पेसमा हमला, एक जना पक्राउ

225
VIEWS

पाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।

विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे पत्राचार गरेको थियो।

ढकाललाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

पक्राउ परेका ढकालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित