Khabar Samachar

Search
Close this search box.

रास्वपाले माग्यो सांसद ढाकाकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण

205
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो ।

उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको पनि ढकालले बताए । ‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छाननि गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित