Khabar Samachar

ढाकाकुमारलाई कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला : रवि लामिछाने

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रकम मागेको अडिओ प्रकरणमा दोषी देखिए आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्ने दाबी गरेका छन्।

आइतबार बारा–२ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सो दाबी गरेका हुन्।

‘यतिखेर हामीले भ्रष्टाचारको कुरा गरिरहँदा आज हाम्रा एकजना संघीय सांसदको अडिओ टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु,’ लामिछानेले अघि भने, ‘म स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारका विषयमा हाम्रो भनाई, हाम्रो गराई र हाम्रो कुरा सधैं एउटै हो। त्यो अडिओ सार्वजनिक हुने बित्तिकै मैले पार्टी पंक्तिमा ७२ घन्टाभित्र छानबिन गर्नू भनेर अल्टिमेटम दिएको छु।’

उनले देशका भ्रष्टाचार काण्डहरू ७२ वर्षदेखि अड्किएको भएपनि आफ्नो पार्टीमाथि प्रश्न उठेपछि तत्काल कारबाही हुने पनि बताए।

‘देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अड्किएका होलान मलाई मतलब छैन। तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि त्यसको निराकरण हुन्छ,’ उनले भने, ‘यो छानबिन नहुँदासम्म सांसदको रुपमा र हाम्रो पार्टीको साधारण सदस्यको रुपमा पनि हाम्रा सांसद ढाकाकुमार श्रेष्ठलाई कुनै कार्य गर्न दिने छैन।’

लामिछानेले अघि थपे, ‘मैले ७२ घन्टाको अल्टिमेटम दिएको २ घन्टा भइसक्यो, अब ७० घन्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढिमाईमा बलि दिनुहोला।’देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुने लामिछानेले बताए । उनले छानबिन नसकिएसम्म पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने बताए ।

उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

उनले अडिओमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए ।

गद्दारी गरेको प्रमाणित भए कानूनी कारबाही गर्न प्रहरी प्रशासनमा हस्तान्तरण गरेर पठाउने उनले बताए । आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भएर अख्तियारमा आफैं पत्र लिएर जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित