बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् ।
आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादी भने सरकारमा सहभागी छैन ।
प्रदेशका ११ मन्त्रालयमध्ये ४ वटामा माओवादी केन्द्रका मन्त्री छन् भने २ मन्त्रालयमा कांग्रेसका मन्त्री नियुक्त भएका छन् । यसअघि रिक्त रहेका ७ मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले आफै समाल्दै आएका थिए ।
Discussion about this post