Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियोमाथि अख्तियारले छानबिन गर्ने

207
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।

‘त्यो अडियोसहित सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार हाम्रो नोटिसमा लिएका छौं । उक्त समाचार उजुरीको रुपमा दर्ता भइसकेको छ’ अख्तियार उच्च स्रोतले भन्यो, ‘सम्भवतः भोलि (सोमबार) नै सम्बन्धित महाशाखाका कुनै अनुसन्धान अधिकृतलाई अनुसन्धानको जिम्मेवारी तोकिनेछ ।’

सामान्यतयाः अख्तियारले गैरकानूनी लेनदेन, घुस लगायतका उजुरीमा प्रहरी महाशाखा अन्तर्गत जिम्मेवारी तोक्छ । सांसदहरु सार्वजनिक पदमा बसेका व्यक्ति हुन् । सार्वजनिक पदमा बसेकाहरुले पैसा मागेमा त्यसलाई घुसका रुपमा लिइन्छ र यसमा भ्रष्टाचारको आरोप आकर्षित हुन्छ ।आफूकहाँ आइपुगेका उजुरीहरु केलाउन अख्तियारले सचिवको संयोजकत्वमा सबै महाशाखाका प्रमुखहरु रहेको उजुरी छनौट समिति(स्कृनिङ टिम) गठन गरेको हुन्छ । हप्ताको तीन दिन त्यो समितिको बैठक बस्छ । अख्तियारस्रोतका अनुसार, त्यो बैठकबाट निर्णय भएमा यो मुद्दाको पनि अनुसन्धान अघि बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित