Khabar Samachar

महानगरसँगको टकराब टुंग्याउन छलफल गरेर जायज माग पूरा गर्नुस् – गगन थापा

204
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई काठमाडौं महानगरपालिकासँग आवश्यक विषयमा समन्वय गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बाग दरबार र सिंहदरबारबीच टकराब देखिएको छ। काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने भनेर जनप्रतिनिधि आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरुद्ध गराएर आफ्नो माग पूरा गराउने शैली यो ठिक वा बेठिक बहस हुन सक्ला।’

सरकारबीच समन्वयको अभाव देखिएको बताएका हुन्।

‘बाघ दरबार र सिंहदरबारबीच टकराव देखिएको छ। जनप्रतिनिधिले आफ्नो कुरा सुनुवाइ नभएको भनेर माग पूरा गराउन प्रयोग गरेको शैली र भाषाबारे पछि बहस गर्दै गरौंला,’ थापाले भने,‘तर अहिलेको समस्या समाधान गर्न तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गरियोस्। जुन विषय अहिले सल्टाउनु पर्ने हो सल्टाइयोस्, जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो समझदारी कायम गरियोस्, जायज मागहरू पूरा गरियोस्। हामी काठमाडौंका जनप्रतिनिधिलाई पनि यो प्रक्रियामा सहभागी गराइयोस्।’

अहिले देखिएको समस्या सल्टाएर जायज माग पुरा गर्न सरकारसँग माग गरेका छन्। उनले महानगरसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरे तत्काल छलफल गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित