Khabar Samachar

Search
Close this search box.

ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार, पोलमा बाँधेर कुटे, कपाल मुन्डन गरिदिए

203
VIEWS

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना बाहिरिएको छ। काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका-६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्।

स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।यही चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् ।

‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले। मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए। प्रहरीलाई खबर पनि गरिएनछ। यो घटनाले उनलाई विक्षिप्त बनाइयो,’ उनले भने। घटनाको भोलिपल्ट समाजिक सञ्जालमा भिडिओ दखेपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको छ।

उनीविरूद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए। अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए।

रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए। औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित