Skip to main content

Khabar Samachar

Search
Close this search box.

सरकारलाई बालेनको जवाफ,काठमाडौंको हितमा काम गर्नुस् नभए सिंहदरबार अरू पालिकामा सार्नुस्

204
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् ।

काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।

उनले लेखेका छन्,‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।

उनले आफूहरूलाई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिने तर राजनीति नचाहिने बताएका छन्।

यसअघि उनले गत शनिबार फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित