संक्रणमकाली न्याय निरुपणसम्बन्धी विधेयकबारे छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन् । संसदमा विचाराधीन रहेको टीआरसीसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकमा चालू अधिवेशनबाटै पारित गराउने विषयमा छलफल हुने जनाइएको छ ।
टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सक्रिय देखाएका छन् । यसअघि सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । एमालेले भने यो विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने अडान लिइरहेको छ।
Discussion about this post