Khabar Samachar

तीनवटा जहाज किन्न वायुसेवा निगमले बनायो सात सदस्यीय उपसमिति

217
VIEWS

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ।निगमका प्रवक्ता रमेश पौडेलकाअनुसार दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी वढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उप समिति गठन गरेर प्रक्रिया सुरु भएको हो । ‘जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिदवारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको छ’, प्रवक्ता पौडेलको भनाइ छ ।

निगमले यथासक्य छिटो जहाजहरु निगमको आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको जनाएको छ । ‘निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालकानिगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताए। दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ’, प्रवक्ता पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित