Khabar Samachar

Search
Close this search box.

मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी

201
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन् । ‘न्यायको माग गर्दै आएका मिटरव्याज पीडितहरुलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको भन्दै उनले झडपको घटनाप्रति निन्दा र भत्र्सना गरेका हुन् ।

अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भने, ‘सरकारले मिटरब्याज पीडितहरु र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नातो राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु ।’

गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी (नेकपा माओवादी केन्द्र) र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुखद रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित