Khabar Samachar

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना घाइते

216
VIEWS

जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा ६ जना घाइते भएका छन् ।

जाजरकोट-डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रजि भाँचिएको हो ।

घटनामा ६ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डल्लीमा ल्याएको जानकारी आएको र थप बुझ्ने प्रयास भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीले केही नदीमा बगेर वेपत्ता भएको बताए पनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित