Khabar Samachar

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त–२ बजे शपथ

216
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । 

यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको उनको भनाइ छ । 

‘प्रधानमन्त्री देउवाको सिफारिसमा गठबन्धनको तर्फबाट म मन्त्री बन्न लागेको हो। आजै सपथ हुन्छ,’ बन्दीले भने। 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट अधिवक्ता बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसअघि पनि उनले अहिलेको सरकार बन्ने बेलामा कानुनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका  थिए। सांसद नरहेका बन्दीलाई देउवाले ६ महिनाका लागि मन्त्री बनाउन लागेका हुन्। संविधानमा गैरसांसद ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित