Khabar Samachar

फ्लाइ दुबईले भन्यो– जहाजमा चरा ठोक्कियो

217
VIEWS

फ्लाइ दुबईले आफ्नो बोइङ जहाजमा चरा ठोक्किएको जनाएको छ । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने क्रममा चरा ठोक्किएको बताएका हुन् ।

`काठमाडौँ विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा चरा ठोक्किन पुगेको छ’,  उनले भनेका छन्, ‘मानक प्रक्रियापछि उडान दुबईको लागि सामान्य रूपमा जारी रहेको छ ।  स्थानीय समयअनुसार ००ः१४ मा जहाज अवतरण गर्ने तालिका छ।’

सोमबार राति काठमाडौँ विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा एकाएक आगलागी भएको थियो । जहाजमा असामान्य आवाज समेत आएको थियो । जहाजलाई सुरुमा काठमाडौँ विमानस्थलमै अवतरण गराउने भनिएपनि पाइलटले अवस्था समान्य रहेको बताएपछि दुबईतिरै गएको थियो । जहाजमा चरा ठोक्किएको बारे नेपाली अधिकारीले भने केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित