Khabar Samachar

Search
Close this search box.

विवादपछि रोकिएको बारा २ को मतगणना अघि बढ्यो

204
VIEWS

दलहरुका प्रतिनिधिबीच विवादपछि रोकिएको बारा क्षेत्र नम्बर २ को मतगणना अघि बढेको छ।

दलका प्रतिनिधिहरुबीच विवाद भएपछि जनमतका कार्यकर्ताले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेका थिए।

‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको थियो, अहिले अघि बढिसकेको छ’ बारा निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले भने।

पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा झन् पछाडि पर्न थालेपछि जनमतका प्रतिनिधि मतपेटिका राखिएको कोठाको साँचो लिएर मतगणना स्थलबाट बाहिरिएका थिए।

बारा २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित