Khabar Samachar

लुम्बिनी मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीले गरे दाबी पेश

201
VIEWS

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि ५३ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।

दिउँसो साढे १ बजे कांग्रेसका चौधरीले ८ दलका ५३ जना सांसदसहित आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन्।

चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै दलको समर्थन छ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात् बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न वैशाख १२ गते नै समयसीमा तोकिदिएका थिए।

चैत १२ गते नै ८ राजनीतिक दल र एक स्वतन्त्र सांसदसहित ५३ जनाको हस्ताक्षरसहित चौधरीले प्रदेश प्रमुख समक्ष त्यस्तो दाबी पेश गरिसकेका थिए। वैशाख १२ गते पनि सोही दाबी पेश गरिएको थियो। त्यो दाबी पेश गरेलगत्तै प्रदेश प्रमुखले दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित प्रदेश सांसद डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री घोषणा गर्ने तयारी गरेको स्रोतले बताएको छ।

कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्री घोषणा भइसकेपछि भागबन्डामा जुट्ने बताए।

‘आज मुख्यमन्त्री घोषणा भइसकेपछि हामी सत्ता गठबन्धनदलहरू बेलुकी पाँच बजेपछि मन्त्रालय भागबण्डाका लागि छलफलमा जुट्ने छौं,’ उनले भने, ‘अहिलेसम्म प्रारम्भिक छलफल भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो लागिसकेको छैन।’

चौधरी मुख्यमन्त्रीको शपथ लिने क्रममा दुई जना मात्रै भए पनि  मन्त्रीहरू नियुक्त गरी शपथ गराउने पक्षमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित